अपाङ्ग संघमा नयाँ नेतृत्व्

मुख्य खबर

घोराही, २ भदौ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले शरद अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको सदस्यहरुमा भूमा चौधरी, समिरमणि गौतम, बसन्त भट्ट, चिन्तामणि पौडेल, शम्भु गौतम, महेश रिजाल, रेश्मीराज पाण्डे, विवेक खड्का, निशान्त आचार्य, पम्फा नेपाली भगवती बुढाथोकी र सीता पौडेल रहेका छन् ।
कार्यसमितिका निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था अनुसार श्रीमण न्यौपाने पनि सदस्यमा हुनुहुन्छ भने चारजना पछि मनोनित गर्ने व्यवस्था विधानमा रहेको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए ।
यस अघि भएको अधिवेशनको उद्घाटन प्रदेश सांसद अमरबहादुर डाँगीले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै सांसद अमरबहादुर डाँगीले अपाङ्ता भएकाहरुको हक अधिकारको कुरा संविधानमा सुनिश्चित भएकाले त्यसको रक्षाका लागि अपाङ्गता भएकाहरुले नै भूमिका खेल्नुपर्ने बताए ।
प्रदेश सरकारले अपाङ्ग पुनःस्थापना केन्द्र सञ्चालनका लागि सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि त्यस्तो सहयोगलाई निरन्तरता दिइने कुरामा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका महासचिव यज्ञप्रसाद उप्रेतीले अपाङ्गता भएकाहरुलाई पुनःस्थापना गर्नका लागि केन्द्रले योजना बनाइरहेको जानकारी दिए ।
शाखाको बन्दसत्रमा सचिव भूमा चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा वलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
साधारणसभाले अपाङ्ग पुनःस्थापना केन्द्रलाई निरन्तरता दिने, अपाङ्ग पुनःस्थापना केन्द्रका लागि भवन निर्माण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने, सहायक सामग्रीहरु वितरण गर्ने, व्यवसायका लागि सहयोग गर्ने लगायतका प्रस्तावहरु पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *