अपाङ्गहरुको लागि विशेष कार्ययोजना

मुख्य खबर समाज

घोराही ४ भदौ । प्रदेश सभा सदस्य अमर बहादुर डाँगीले अपाङ्ग भएका व्यक्तिहरुको लागि बिशेष कार्ययोजना बनाउने बताएका छन् । अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च नेपालको १९औं स्थापना दिवस तथा प्रतिभा पुरस्कार वितरण कार्यक्रममा डाँगीले प्रदेश सरकारले अपाङ्गमैत्री कानून निर्माण गर्नेसमेत बताएका थिए । अब अपाङ्गता भएका व्यक्तिका लागि आफूले त्यसमा विषेश ध्यान दिएको बताएका थिए । उनले अपाङ्गहरुले आफूलाई कमजोर महसुस नगर्न अनुरोध गर्दै सपाङ्ग सरह केही गर्न सकिन्छ भन्ने लक्ष्य लिएर अगाडि बढ्न् सुझाव दिएका थिए । आफूमा रहेको क्षमतालाई उचित तरिकाले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । राज्यले अपाङ्ग पुनःस्थापनाको लागि एक करोड बजेट छु्टयाइएको कुरा पनि जानकारी गराएका थिए । अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चका अध्यक्ष बासुदेव रिजालको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमर बहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले थप सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिनुपर्ने कुरामा जोड दिएका थिए । क्षमता भएपनि हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई अवसर नदिइने कुराप्रति दुःख व्यक्त गरेका थिए । साथै अपाङ्ग पुनःस्थापना केन्द्र स्थापनाको आवश्यक रहेको बताएका थिए । उक्त कार्यक्रममा दुईजना व्यक्तिलाई प्रतिभा पुरस्कार वितरण गरिएको थियो । जसमा एसईईमा उत्तीर्ण भएका दुर्गा चौधरी र सिलाई व्यवसाय सञ्चालन गर्दै आएका रीता सिजुवाललाई नगद पाँच सय एकसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका सदस्य भरत बहादुर बुढाथोकी, हरप्रेलेस दाङका कार्यक्रम संयोजक विनोद केसी, अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चका संस्थापक अध्यक्ष जिवी चिन्तन, सल्हाकार केशव कुमार शर्मा, हुमा डिसी, पत्रकार बसुन्धरा भुसाल, दाङ नेत्रहिन संघका अध्यक्ष रामबहादुर खड्का, जिल्ला शिक्षा तथा समन्वय इकाईका भिम प्रकाश पोख्रेल, र राष्ट्रिय महासंघ क्षेत्रीय कार्यालय प्रदेश नम्बर ५ का रामशंकर यादवलगायतले बोलेका थिए । संस्थाका कोषाध्यक्ष सुधा रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिव घर्ती मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *