- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरअपाङ्गता भएका व्यक्तिको पीडा

अपाङ्गता भएका व्यक्तिको पीडा

- Advertisement -spot_img

तुलसीपुर, १० मंसिर । अपाङ्गता भएका ब्यक्तिहरुले समृद्ध समाजका लागि समावेशीतालाई ध्यान दिनुपर्ने बताएका छन् । अपाङ्ग समाज सुधार केन्द्रको नवौँ साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने अपाङ्गता भएका व्यक्तिहरुले समावेशी सिद्धान्तलाई ध्यान दिदै अवसरमा पनि सहभागी गराउनुपर्ने बताएका हुन । अर्थ पूर्ण सहभागिता हुनुपर्छ, र राज्यले अवसर पनि दिनुपर्छ उनीहरुको आग्रह छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले तुलसीपुर उपमहानगरपालिकाको लक्ष्य समृद्ध नगर भएकाले सबैलाई अवसर प्रदान गरिदै आएको बताए ।
उनले भने स्मार्ट सिटीको मिसन पूरा गर्नका लागि पनि अपाङ्गमैत्री नगर हुनुपर्ने भएकाले अवसर, अधिकार र भौतिक संरचनासमेत सोही अनुरुप हुँदै जाने बताए । त्यस अवसरमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवं पत्रकार सुशील बस्नेतले संविधानमा गरिएको ब्यवस्थालाई राज्यले कार्यान्वयन गर्नुुपर्ने बताए । मौलिक हकलाई कार्यान्वयन गराउन ऐनको ब्यवस्था गरिनुपर्छ र सोही अनुरुप नागरिकले अधिकार सुनिश्चित भएको महसुस गर्नेमा उनको जोड रहेको थियो ।
महिला तथा बालबालिका शाखा तुलसीपुरका प्रतिनिधि माया श्रेष्ठले नगरस्तरका सम्पूर्ण अपाङ्गता भएको ब्यक्तिको अवस्थाको बारेमा विश्लेषण गर्न सुरु गरिएको जानकारी दिइन । नगरभित्र हाल पाँचवटा अपाङ्गतासम्बन्धी काम गर्ने गैर सरकारी संस्थाको तथ्यांक प्राप्त भएको बताइन् । सो अवसरमा अपाङ्ग अधिकारका अभियान्ता चिन्तामणि आचार्यले चारवटा वर्गीकरण गरिएका कार्डका लागि १० प्रकारका अपाङ्गता भएका ब्यक्तिहरु समावेश हुने गरी ऐन संशोधन भएको जानकारी दिएका थिए ।
तुलसीपुरमा ५ घोराहीमा २ र लमहीमा १ वटा अपाङ्गताको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु रहेको उनले बताए । अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेलको अध्यक्षतामा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्षमा हुमकान्त कँडेल, वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद खड्का, महिला उपाध्यक्ष हरिकला भण्डारी, महासचिवमा दोलखबहादुर खत्री, सचिव टीकाराम वली र कोषाध्यक्षमा रामप्रसाद चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यमा ईन्द्रबहादुर नेपाली, नैना सुनार, निर्मला वली, ईन्द्रकुमारी चौधरी र रामबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक खुमानन्द अधिकारीले जानकारी दिए । शनिबार नै बसेको बैठकले कानुनी सल्लाहकारमा मोहनप्रसाद धिताल, सुशील बस्नेत, नारायण लामिछाने, खुमबहादुर डाँगी, ओमप्रकाश पार्धेलाई सल्लाहकारमा चयन गरेको छ । उक्त अवसरमा महासचिव माया भण्डारीले सांगठनिक र कोषाध्यक्ष रामप्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष ईश्वरीप्रसाद खड्का स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण टिकाराम वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here