- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरअपाङ्गता अधिकारसम्बन्धी अभिमुखीकरण

अपाङ्गता अधिकारसम्बन्धी अभिमुखीकरण

- Advertisement -spot_img

गढवा, २४ पुस । गढवा गाउँपालिकाका आठवटै वडाहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा र अधिकारको प्रत्याभूति दिलाउने लक्ष्य अनुरुप गणकहरु परिचालन गरिने भएको छ । गढवा गाउँपालिकाको पहल तथा सहयोगमा राप्ती बहिरा संघले सोमबार गढवामा आयोजना गरेको जनप्रतिनिधि र गणकहरुलाई अपाङ्गता अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो बताइएको हो । राप्ती बहिरा संघका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमाल, वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी र वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकी र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष देवीदत्त आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अपाङ्गता भएका ब्यक्तिहरुको मानवअधिकारको सुनिश्चितताका लागि अधिकार संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७४ बमोजिम सरकारले कार्यक्रम अगाडि बढाएको कार्यक्रममा जानकारी गराइएको थियो । जस अनुसार गाउँ तथा नगरका उपाध्यक्षको संयोजकत्वमा अपाङ्गताको अधिकार कार्यान्वयन गर्न गराउन स्थानीय सरकारहरुले समन्वय समिति गठन गर्ने र पुराना परिचयपत्र खारेज गरी नयाँ परिचयपत्र पदान गर्ने ब्यवस्था भएको बताइएको छ । जसमा कार्यपालिकाबाट एकजना महिला, माध्यमिक विद्यालयहरुबाट एकजना प्रअ वा प्रतिनिधि, सम्बन्धित स्थानीय सरकारको स्वास्थ्य चौकी वा स्वास्थ्य हेर्ने अधिकारी, स्थानीय प्रहरी प्रमुख, अपांगताको क्षेत्रमा काम गर्ने संस्था, स्थानीय तहको महिला बालबालिका शाखा हेर्ने कर्मचारी र अपाङ्गता भएका ब्यक्तिहरुको संगठनबाट एक महिलासहित दुईजना गरी ११ जनाको स्थानीय समन्वय समिति गठन गर्नुपर्ने प्रावधान रहेको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको तथ्यांक संकलनका लागि गढवाका आठवटै वडाहरुमा एक÷एकजना गणकहरु परिचालन गर्न गणकहरुलाई प्रशिक्षणसमेत दिइएको थियो । राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माको स्वागत मन्तब्य र बिषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here