- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरअपांगका बालबालिकालाई शैक्षिक सामाग्री

अपांगका बालबालिकालाई शैक्षिक सामाग्री

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । क्रिसमसको उपलक्ष्यमा तुलसीपुरमा शुमकामना आदान प्रदान गरिएको छ । शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्रीसमेत सहयोग गरिएको छ । वडा नम्बर ६ मा रहेका अपांग अभिभावकका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वडा नम्बर ६ का वडा सदस्य दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा तथा समाजसेवी टोप बहादुर महतराको अध्यक्षतामा शुभकामना आदानप्रदान एवं स्कुले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै वडा सदस्य भण्डारीले सेवाको भावनाले सहयोग गर्नु महान कार्य भएको बताए । सेवा नै धर्म हो भन्ने कुरालाई सबैले मनन् गर्नु आवश्यक भएको बताए । बालबालिकाहरुका लागि समाजसेवी रेशम खत्रीले शैक्षिक सामाग्री उपलव्ध गराएका थिए भने वडा सदस्य भण्डारी वितरण गरेका थिए । कार्यक्रम रमेश वलीले सञ्चालन गरेका थिए । यसैबीच तुलसीपुर उपमहानगरापालिका वडा नम्बर ६ राप्ती बबई टोल विकास संस्थामा पनि शुभकामना आदानप्रदान गरिएको छ । पास्टर शालिकराम शाहुको अध्यक्षता एवं वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै टोल विकास संस्थाका अध्यक्ष ऋषिराज आचार्यले टोलमा पिउने पानी र बाटोको समस्या भएको बताएका थिए । त्यसैगरी नेपाली काँग्रेसका नेता ज्ञानुप्रसाद सुवेदीले स्थानीय निकायले आम नागरिकको समस्यालाई नजिकबाट नियाल्न आवश्यक भएको बताए । यस्तै नेपाली काँग्रेसकी ईश्वरी भण्डारीले समाजमा आवश्यक पर्ने पूर्वाधार विकासका लागि उपमहानगरपालिका गम्भीर हुनुपर्ने बताईन । उपमहानगरपालिकाभित्र रहेका हरेक टोलहरुको समस्या र अवस्थाका बारेमा स्थानीय जनप्रतिनिधिहरुले अनुगमन तथा समस्याका पहिचान गर्नुपर्ने बताइन् । रमेश वलीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिहरु स्थानीय समुदायमा रहेका समस्याहरुको पहिचान गरी समाधान गर्न आवश्यक रहेको बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here