Tuesday, March 26, 2024
Homeफिचरअन्त्य होला त, बालश्रम ?

अन्त्य होला त, बालश्रम ?

- Advertisement -spot_img

तुलसीपुर, ७ भदौ । बालबालिकाहरुलाई श्रमबाट मुक्त बनाउने र बालश्रममुक्त क्षेत्र घोषणाका लागि दाङको तुलसीपुरमा अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले यो अभियानलाई सुरुवात गरेको हो ।
उपमहानगरले वडा नम्बर ६ बाट यो अभियानको सुरुवात गरेको छ । वडा नम्बर ६ लाई भदौ २८ गते बालश्रममुक्त वडा घोषणाको समेत तयारी भएको छ । त्यस अन्तर्गतका गतिविधिहरुसमेत वडामा सञ्चालन भइरहेका छन् ।
कुनै पनि बालबालिकाले आफ्नो हक, अधिकार कानुनी, परम्परा र नैतिकरुपमा सम्मानजनक तरिकाले अनिवार्य रुपमा प्राप्त गर्न पाउनुपर्ने व्यवस्था भएपनि धेरै बालबालिकाहरु अहिले श्रममा लागेका छन् ।
वडा नम्बर ६ मा मात्रै १३ जना श्रममै रहेको भेटिएको छ । पछिल्लो समय बालश्रम कम हुँदै गएको भए पनि निर्मूल भने हुन सकेको छैन । केही वर्षअघि तुलसीपुरमा ८ सय बालश्रमिक रहेको तथ्यांक सार्वजनिक भएको थियो अहिले त्यो घटेर सयमा पुगेको छ ।
नगरले न्यूसीपिसीको सहकार्यका विभिन्न समयमा थालेको अभियानबाट बालश्रम कमै हुँदै गएको दाबी पनि गरिदै आएको छ । अभियान सफल पार्न चुनौती धेरै नै छ, अभियान्तहरु भन्छन् तर सफलता टाठा पनि छैन ।
राज्यले बालबालिकाहरुका लागि हक, अधिकार र संरक्षणसम्बन्धी नयाँ नीति ल्याएपछि अहिले बालबालिकाहरु बालश्रमबाट मुक्त हुँदै गएका छन् ।
बालबालिकासम्बन्धी ऐन २०७५ ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन नपाईने कानुनी व्यवस्था गरेसँगै बालश्रमिकहरु विस्तारै कम हुँदै गएका हुन् ।
कुनै पनि बालबालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद नं. २ मा भएका सम्पूर्ण अधिकारहरु अनिवार्य रुपमा प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ ।
बालअधिकारलाई संरक्षण र सम्मान गर्दै वालश्रमको अन्त्यका लागि बालश्रम निवारणसम्बन्धी गुरुयोजना २०७५–८५ अन्तर्गत रहेर सरकारले अहिले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा अभियानहरु सुरु भएको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले बताए ।
सरकारले निर्धारण गरेको बालश्रम निवारणसम्बन्धी गुरुयोजना अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले आफ्नो वडालाई बालश्रममुक्त वडा बनाउने अभियानलाई तिव्रता दिएको उनले बताए ।

भदौको १५ गतेसम्मका बालश्रमिक फिर्ता हुने वातावरण नभएकामा बालश्रम गराउनेलाई कानुनी दायरामा ल्याइने र कानुन अनुसार कारवाही गरिनेसमेत तयारी गरिएको छ । बालबालिकालाई श्रममुक्त गर्नका लागि सञ्चालन भएका नगर तथा वडास्तरीय सर्वेक्षणले सबैभन्दा धेरै बालबालिका घरेलु श्रमिक भएको देखाएको छ ।


‘अहिले हामीले वडालाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ’ अध्यक्ष लामिछानेले भने ‘उपमहानगरलाई बालश्रममुक्त बनाउनका लागि हाम्रो वडाबाटै अभियानलाई थालेका छौँ ।’
अहिले वडामा १३ जना मात्र बालश्रमिकहरु रहेको बताउँदै उनले उनीहरुलाई परिवारमा पुनस्र्थापना गरिने तयारी भईरहेको बताए । यस अन्तर्गत श्रमिकको पुनस्र्थापना र परिवारको आयआर्जनका लागि पनि काम गरिने बताए ।
‘परिवारमा आयआर्जनको वातावरण निर्माण गर्नु मुख्य कुरा रहेछ’ उनले भने, ‘त्यति भए बालबालिकालाई शिक्षामा लैजान र बालश्रम अन्त्य गर्न सहज हुँदो रहेछ ।’

वडाको अवस्था

पछिल्लो समय बालबालिकाहरुलाई बालश्रमबाट मुक्त गराउनका विभिन्न अभियानहरु सञ्चालन आएका छन् । वडा नं. ६ ले आफ्नो वडालाई बालश्रममुक्त वडा बनाउनका लागि विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेसँगै अहिले पछिल्लो समय बालश्रम गर्ने र गराउनेको संख्या पनि कम हँुदै गएको छ ।
सन् २०११ मा गरिएको सर्वेक्षणमा वडामा २ सय ४९ जना बालश्रमिकहरु रहेका थिए भने सन् २०१८ मा त्यो संख्या घटेर ३७ जनामा पुगेको तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास महाशाखाका अधिकृत माया श्रेष्ठले जानकारी दिईन् ।
उनले निरन्तर गरिएको प्रयास, समय–समयमा सञ्चालन गरिएको जनचेतनामुलक कार्यक्रम र सर्वेक्षणले अहिले त्यो सख्या घटेर गएको बताईन । पुनस्र्थापन भएका बालबालिका र परिवारको अहिले आयस्तरसमेत राम्रो भएका उदाहरणहरु आउन थालेका छन् ।
पछिल्लो सर्वेक्षण अनुसार वडामा १८ वर्ष उमेर मुनिका ४ हजार ५० जना बालबालिका रहेका छन् । जसमध्ये १३ जना श्रमिक बालबालिकाहरु रहेको पाईएको छ ।
भदौको १५ गतेसम्मका बालश्रमिक फिर्ता हुने वातावरण नभएकामा बालश्रम गराउनेलाई कानुनी दायरामा ल्याइने र कानुन अनुसार कारवाही गरिनेसमेत तयारी गरिएको छ ।

बालश्रमिकका क्षेत्र

गरिबी र अशिक्षाका कारणले कतिपय बालबालिकाहरु अझैपनि श्रम गर्न बाध्य भएका छन् । बालबालिकालाई श्रममुक्त गर्नका लागि सञ्चालन भएका नगर तथा वडास्तरीय सर्वेक्षणले सबैभन्दा धेरै बालबालिका घरेलु श्रमिक भएको बताएको छ ।
यसैगरी होटल, कारखाना, ग्यारेज, उद्योगधन्दा लगायतका स्थानहरुमा धेरैजसो बालबालिकाहरु श्रमिक बन्ने गरेको वडा अध्यक्ष लामिछानेले बताए ।
घरको पारिवारीक अवस्था, गरिबी, अशिक्षा तथा जनचेतनाको अभावका कारण श्रममा बस्ने गरेको र जोखिमपूर्ण काममा रहेको अध्यक्ष लामिछाने बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here