- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरअन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड जारी

अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड जारी

- Advertisement -spot_img

हेकुली, २३ जेठ । दंगीशरण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ अन्तर्गत बिहीबार एथ्लेटिक्सतर्फका २००, ४०० मिटर दौड, ज्याभलिन थ्रो, लङजम्प छात्र÷छात्रातर्फका खेल सम्पन्न भएका छन् ।
जारी प्रतियोगितामा एथ्लेटिक्सतर्फको २०० मिटर दौड छात्रतर्फ मावि मधपुरका दामोदर केसीले स्वर्ण पदक जिते ।
ज्ञानोदय माविका ईश्वर चौधरीले रजत पदक जित्दा श्रीगाउँ लाइभ भिजन सिम्ठानाका सुजन भण्डारीले कास्य पदक जिते । त्यस्तै २०० मिटर छात्रातर्फ मावि मधपुरका सजना खत्रीले स्वर्ण पदक हात पारिन् ।
सिद्ध पृथ्वी मावि श्रीगाउँकी सरिता नेपालीले रजत पदकमा चित्त बुझाउदा विरेन्द्र मावि हेकुलीकी विपना वलीले कास्य पदक जितिन् । त्यस्तै ४०० मिटर छात्रतर्फ मावि मधपुरका राहुल विकले स्वर्ण पदक जित्न सफल भए । राहुलले स्वर्ण जित्दा ज्ञानोदय माविका मनिष नेपालीले रतज पदक हात पारे भने मावि श्रीगाउँका गंगाप्रसाद वलीले कास्य पदक जिते ।
त्यस्तै ४०० मिटर छात्रातर्फ विरेन्द्र मावि हेकुलीका सूचना चौधरीले स्वर्ण पदक जितिन् । भानु मावि परसडुवाका सीता कुमारी खड्काले रजत र मावि मधपुरका पिमा डाँगीले कास्य पदक जितिन् ।
त्यस्तै लङजम्प छात्रतर्फ ज्ञानोदय माविका अर्जुन नेपालीले स्वर्ण पदक जिते । मावि मधपुरका ज्ञानेन्द्र खत्रीले रजत जित्दा विरेन्द्र माविका सुनिल परियारले कास्य पदक जिते ।
त्यस्तै लङजम्प छात्रातर्फ सिद्ध पृथ्वी मावि श्रीगाउँका सुनिता डाँगीले स्वर्ण पदक जितिन् । मावि मधपुरका सिर्जना केसीले रजत पदक जित्दा पार्दा लुमा वलीले कास्य पदक जितिन् ।
त्यस्तै ज्याभलिन थ्रो छात्रातर्फ मावि हेकुलीकी शोभा भण्डारीले स्वर्ण पदक जितिन । शोभाले स्वर्ण जित्दा मावि मधपुरकी देवी न्यौपानेले रजत पदक जित्दा मावि श्रीगाँउकी पेसली वलीले कास्य पदक जितिन् ।
त्यस्तै छात्रतर्फ मावि हेकुलीका घनश्याम वलीले स्वर्ण पदक हात पारे । ज्ञानोदय माविका सागर परियारले रजत र भानु माविका डायना विएमले कास्य पदक जिते ।
यसैबीच प्रतियोगिताअन्तर्गत भलिबल छात्रतर्फ विरेन्द्र मावि हेकुलीले फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीगाउँ लाइभ भिजन स्कुललाई २–१ को सोझो सेटमा पराजित गर्दै विरेन्द्र मावि हेकुलीले फाइनलमा प्रवेश गरेको हो ।
दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित प्रतियोगिताको एथ्लेटिक्सतर्फका केही इभेन्ट्स तथा कबडी र भलिबल खेलका फाइनल खेल शुक्रबार बिहान हुनेछन् ।
यसैबीच छात्रा भलिबलमाको फाइनलमा विरेन्द्र मावि हेकुली र मावि श्रीगाउँ भिड्ने भएका छन् । सेमिफाइनलमा मावि मधपुरलाई २–० को सेझो सेटमा पराजित गर्दै मावि हेकुलीले फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै भानु मावि परसडुवालाई २–० को सोझो सेटमा पराजित गर्दै मावि श्रीगाउँले फाइनलमा मावि हेकुलीसँगको भेट पक्का गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here