- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरअन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुरका बालिकाहरु

अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुरका बालिकाहरु

- Advertisement -spot_img

तुलसीपुर, ११ कात्तिक । काठमाडौँमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका बालिकाहरुले पनि सहभागिता जनाएका छन् । टिचफर नेपालको आयोजनामा ६४ देशका पाँच सय शैक्षिक व्यक्तिहरुले सहभागिता जनाएको सम्मेलनमा पशुपति मावि कक्षा ८ मा अध्ययनरत निमा चौधरी, कालाखोला मावि कक्षा ७ मा अध्ययनरत पूजा थापा र कक्षा ६ मा अध्ययनरत अनिषा बस्नेतले सहभागिता जनाएका हुन् ।
उनीहरुले विद्यालयमा सिकेका विभिन्न कलात्मक कुराहरुको प्रदर्शन गर्नुका साथै अन्तक्र्रिया कार्यक्रममा सहभागिता जनाएर दाङको कला र संस्कृतिको प्रवद्र्धन गरेको टिचफर नेपालका नेतृत्व विकास व्यवस्थापक माधवप्रसाद देवकोटाले जानकारी दिए । उनले समुदायमा आधारित विभिन्न कुराहरुको निर्माण गरेर बालिकाहरुले स्थानीय कलाकौशलको प्रदर्शन गरेको पनि जानकारी गराए । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले अवसर पाए सिर्जनशील काम गर्न सक्छन् भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका थिए । नेपालभरबाट दशजना विद्यार्थीहरुको सहभागिता रहेकोमा तुलसीपुर उप–महानगरपालिकाबाट मात्रै तीनजना बालबालिकाले सहभागिता जनाएका थिए । उनीहरुले विभिन्न माटोका कलात्मक भाडाका साथै बासको क्यान्डलसमेत प्रदर्शनीमा राखेका थिए ।
माध्यमिक तहमा शुन्य दरबन्दी रहेका तुलसीपुरका आठ सामुदायिक विद्यालयहरुमा टिचफर नेपालमा १९ शिक्षकहरुले अंग्रेजी, गणित र विज्ञान अध्यापन गराइरहेका छन् । विश्वभरका टिचफर नेपालसँग सम्वद्ध व्यक्तिहरुको सहभागिता रहेको सम्मेलनमा स्थानीय तहको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सहभागिता जनाएका थिए । सामुदायिक विद्यालयलाई सुधार्ने प्रसस्त आधार रहेको भन्दै पाण्डेले टिचफर नेपालले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागे गरेको कामको प्रशंसा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here