अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइने

मुख्य खबर

तुलसिपुर, २७ भदौ । दाङमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईने भएको छ । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने भएको हो । बिहीबार भएको शान्ति समाज दाङको बैठकले असोज ४ गते दिवस मनाउने भएको हो ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने भएको छ । संक्रमणकालिन न्याय प्रक्रिया अन्तर्गत सत्यनिरुपण र बेपत्ता पारिएका ब्यक्ति छानबिन आयोग गठन सम्बन्धमासमेत सबै क्षेत्रबाट दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै उक्त दिवस मनाईने भएको छ ।
शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको बैठकले शान्ति दिवसका अवसरमा तुलसीपुर क्षेत्रमा क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजसँग पीडितलाई न्याय, दोषीलाई सजाय बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरिएको छ ।
बैठकमा बोल्दै पूर्ब केन्द्रीय उपसभापति एवं अधिवक्ता मोहनप्रसाद धितालले केन्द्रीय मंसिर २७ र २८ गते राष्ट्रिय सम्मेलन दाङमा आयोजना गर्ने कार्यसमितिको निर्णयप्रति आफू सकारात्मक भएको बताए । बैठकले असोज ४ गते पहिलो चरणमा शान्ति दिवस र दोस्रो चरणमा शान्ति समाज दाङ शाखाको वार्षिक साधारणसभा को समेत आयोजना गर्ने निर्णय गरेको संस्थाकी सचिव निर्मला योगीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *