अनेरास्ववियु नाम राख्ने सहमति

मुख्य खबर समाज

काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । शुक्रबार छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन् । यसअघि नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी नाम रहेका थिए ।
नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने संगठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् । केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *