Friday, March 29, 2024
Homeफिचरअनुभव र प्रयासको वर्ष

अनुभव र प्रयासको वर्ष

- Advertisement -spot_img

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन । कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष गरेका काम खोतल्ने प्रयास गरेका छौँ । यो अंकमा शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतसँग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौँ ।


जनप्रतिनिधिको रुपमा आएको पनि पूरा वर्ष दिन नाघिसकेको छ । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका कामले गति लिन सकिरहेका थिएनन् । त्यसकारण पनि जनतामा स्थानीय तहको चुनावलाई लिएर थुप्रै उत्साह रहेको थियो । कारण थियो जनप्रतिनिधि आईसकेपछि आफ्नो गाउँमा विकासले गति लिने छ  । त्यसकारण पनि जनताले हामीलाई निर्वाचित गरेका हुन् । जनप्रतिनिधिको रुपमा आइसकेपछि थुप्रै खालका समस्या रहेका थिए । जुन समस्यालाई आत्मसात् गर्दै केही काम गर्नुपर्ने थियो । जनताका दैनिक समस्यादेखि वर्षौदेखि समाधान हुन नसकेका साना–साना कुरामा पनि जनताका समस्या रहेका थिए । तिनैलाई ध्यान दिदै वडामा पहिलो वर्षमा काम गर्ने कोसिससमेत गरेका छौँ । विशेषगरी हामीले पहिलो वर्ष वडामा सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । वडाका विभिन्न टोलमा राम्रो सडकको व्यवस्था थिएन । हामीले सडक निर्माण र विभिन्न सडकहरुलाई ग्राभेल गर्ने कामसमेत गरेका छाँै । वडामा रहेका सडकहरुलाई ९ मिटरको कायम गरेका छौँ यो पहिलो वर्षमा । वडामा रहेका १४ टोलमै सडक पु¥याउन सफल भएका छौँ । जुनकुरा हाम्रो लागि एउटा उपलब्धिसमेत हो । पहिलो बर्षमा हामीले वडामा अहेबको व्यवस्था गरेर स्वास्थ्य क्लिनिक सञ्चालन गर्न सफल भएका छौँ । त्यो पनि अवश्य समग्र वडाका लागि एउटा खुशीको कुरा हो । हामीले स्वास्थ्य क्लिनिकबाट विभिन्न किसिमका निःशुल्क औषधिको समेत व्यवस्था गरेका छाँ,ै जसले गर्दा वडाबासीहरुलाई सहजता भएको छ । यो वडामा जम्मा तीनवटा सामुदायिक विद्ययालयहरु रहेका छन् जुन विद्यालयहरुमा हामीले पहिलो वर्षमा घट्दै गएको विद्यार्थी संख्या बढाउने काम गरेका छौँ । सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षाको सुरुवात गरेका छौँ । जसमध्ये यो पहिलो वर्ष वडामा रहेको रात्री प्राथमिक विद्यालयमा मन्टेश्वरी प्रविधिबाट कक्षा सञ्चालन शुरु गरेका छौँ । नेपाल रेडक्रस सोसाईटी दाङ शाखासँग समन्वय गरेर खानेपानीको क्षेत्रमा पहिलो वर्षमा केही उल्लेख्य काम गरेका छौँ । रेडक्रससँग समन्वय गरेर २५० घरमा खानेपानीको सहज व्यवस्था गर्न सकेका छौँ । पहिलो बर्ष वडाबाट पाँच लाख रकम खानेपानीको क्षेत्रमा काम बजेटको व्यवस्था गरेका थियाँै । अब वडामा भएका बाँकी घरधुरीमा खानेपानी पु¥याउने हाम्रो काम रहने छ । हाम्रो कार्यकालको एउटा प्रमुख लक्ष्य भनेको आफ्नो कार्यकालभित्र वडाका प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्था गर्नुरहेको छ । यस कार्यमा हामी लागि रहेका छौँ । यो एउटा हाम्रो कार्यकालको एउटा ठूलो उपलब्धि बन्ने छ ।
सिंचाईको हिसाबले यो वडामा निकै समस्या रहेको पक्कै छ । तर पनि आफूहरु केही न केही उपलब्धि हासिल गर्ने सोचमा छौँ । हामीले बृहत दाङ सिंचाई आयोजनामा यस वडामा सिंचाईको सम्भाव्यता र योजना सञ्चालन गर्न आवश्यक पहल र सिफारिस गरेका छौँ । वडाका विभिन्न क्षेत्रमा तीनवटा डिप बोरिङको व्यवस्था गरेपनि हाल एउटा मात्र डिप बोरिङ सञ्चालनमा आएको छ । खैरेनी र कासीपुरमा रहेका डिप बोरिङ विभिन्न कारणले सञ्चालनमा आउन सकेका छैनन् । आउँदो वर्षमा हामीले यस क्षेत्रमा ध्यान दिन आवश्यक समेत रहेको छ । कृषिको क्षेत्रमा हामीले पहिलो बर्षमा निकै काम गरेका छौँ । हामीले किसानहरुलाई अनुदानको व्यवस्था समेत गरेका छौँ । यो पहिलो वर्ष अनुदान र सामूहिक खेतीमा समेत जोड दिएका छौँ । वडामा रहेका विभिन्न कृषि समूहहरुलाई टेक्टर, सिंचाईको लागि पम्पसेट, माहुरी फार्मको लागि आवश्यक सामाग्री सहयोग गर्ने काम गरेका छौँ । दश लाख बराबरको कृषिमा अनुदान तथा सहयोगको गर्ने काम पहिलो वर्षमा गरेका छौँ । जुनकुरा आउँदा दिनमा समेत निरन्तरता दिने सोंचमा हामी पुगेका छौँ ।
महिलाहरुको लागि तीन महिने कटाई सिलाई तालिमको सञ्चालन गरेका थियौँ । पहिलो बर्ष काम गर्न केही प्र्राविधिक रुपमा समस्या भएपनि जनताको साथ र सहयोगले ठूलो मद्दत मिल्दा धेरै सजिलो भएको छ । गाउँपालिकाले वडामा पठाउने ५० लाखको सिलिङमा रहेर हामीले योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने छ । जुन हाम्रो लागि एउटा बाध्यता समेत बनेको छकि चाहदा चाहदै जनताले भनेका सबै कुराहरु पूरा गर्न सकिरहेका छैनौँ । तर पनि हामीले वडाका प्रत्येक बस्तीहरुमा योजना पु¥याउन ध्यान भने अवश्य दिएका छौँ । अब आउँदा दिनमा वडामा धेरै काम गर्नुछ । पहिलो बर्षमा भएका सिकाइलाई आउँदा वर्षमा अझ ध्यान दिएर काम गर्ने सोच रेहेको छ । जसरी हामीले पहिलो वर्ष सडकलाई विशेष ध्यान दिएर काम गरेका थियौँ, त्यसैगरी आउँदा वर्षहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, कृषिलगायत अन्य विविध क्षेत्रतर्फ अझ ध्यान दिएर काम गर्ने योजना बनाएका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here