अनुदानमा निःशुल्क विरुवा विरतण

फिचर मुख्य खबर

तुलसीपुर, १ साउन । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले विभिन्न जातका विरुवाहरु अनुदान तथा निःशुल्क वितरण गर्दै आएको छ । शाखा प्रमुख दिपक बुढाथोकीका अनुसार शाखाले विभिन्न उन्नत जातका आँप, लिच्ची, अनार, कागती र केराका विरुवा वितरण गरेको हो ।
वडा कार्यालय, सामुदायिक विद्यालय, विभिन्न सरकारी निकायका साथै वृक्षारोपणको अभियान सञ्चालन गर्नेलाई निशुल्कका साथै अन्यलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको हो ।
शाखाका अनुसार यो वर्षका लागि आम्रपाली आँप ३ हजार ६ सय, दशहरी, २ हजार, लिच्ची १ हजार ६ सय, टिस्युकल्चर अनार ४ सय, कागती ३ हजार ८ सय र केरा ३ हजार ५ सय वितरणका लागि ल्याएको हो । जसमध्ये अधिकांश विरुवा वितरण भइसकेको कृषि अधिकृत कुलराज चौधरीले बताए । उनले यो वर्षका लागि सीमित विरुवा मात्रै बाँकी रहेको पनि जानकारी दिए ।
अधिकृत चौधरीका अनुसार ५० प्रतिशत अनुदानमा आम्रापाली आँपको ३७ रुपैयाँ ५० पैसा, दशहरीको २२ रुपैयाँ ५० पैसा, लिच्चीको २० रुपैयाँ, टिस्युकल्चर अनारको ६२ रुपैयाँ ५० पैसा, कागतीको १० रुपैयाँ र केराको २० रुपैयाँ लाग्ने गरेको छ । ‘गतवर्ष निःशुल्क दिदा चाहेजति प्रभावकारी भएन त्यो कारण यो वर्ष थोरै भएपनि पैसा लिने गरेका हौँ’ अधिकृत चौधरीले भने ।
राम्रो उत्पादन होस् भन्ने लक्ष्यका साथमा उन्नत जातका विरुवाहरु वितरण गरिएको शाखा प्रमुख बुढाथोकीको भनाई रहेको छ । बुढाथोकीले रौतहट, सल्यान, कोहलपुर र फुलबारीबाट विरुवा ल्याइएको बताए ।
उनले विरुवा वितरणसँगै त्यसको संरक्षणका बारेमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । अधिकांश विरुवा गाउँमा वितरण गरिएको बताउँदै वुढाथोकीले माग भए थप विरुवा पनि ल्याउन सकिने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *