तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखामा लागेको ताला खुलेको छ । विभिन्न शैक्षिक सुधारको माग राखेर विद्यार्थी संगठनहरुलगायतको ताला सहमतिमा खोलिएको हो ।
तुलसीपुर उपमहानगरपालिकामा शिक्षा समिति, विद्यार्थी संगठन, प्याब्सन, एनप्याव्सन र पत्रकारका बीचमा भएको सहमति अनुसार ताला खोलिएको हो ।
उपमहानगरपालिकाले विभिन्न सामुदायिक र संस्थागत विद्यालयले लिएको शैक्षिक र मासिक शुल्क, छात्रवृत्ती लगायतका विषयमा विवरण संकलन गरेर त्यसको अनुगमन गर्ने भएपछि सहमति भएको हो ।
असार ३ गतेसम्म विवरण संकलन गरेर ५ गतेबाट विद्यालय अनुगमनमा जाने गरी वैठकमा सहमति भएको छ । अनुगमनका लागि शिक्षा संयोजक देवराज विकको संयोजकत्वमा समित समेत