- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरअनाथ बालबालिकालाई सहयोग

अनाथ बालबालिकालाई सहयोग

- Advertisement -spot_img

मसुरीया (दाङ), २४ बैशाख ।
राप्ती गाउँपालिकाले गाउँपालिकाभित्रका २२ जना अनाथ बालबालिकालाई जनही ६ हजारका दरले सहयोग गरेको छ । अनाथ बालबालिकाहरुका लागि महिला तथा बालबालिका कोषबाट मासिक पाँचसय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णय अनुसार एक वर्षको एकमुस्ट ६ हजार रुपैयाँ वडाहरुको सिफारिसमा उपलब्ध गराइएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
गाउँपालिकाबाट कुनै किसिममा सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेकोे, बाबुआमा दुबै मृत्यु भएको वा बेपत्ता भएको, १६ वर्ष पूरा नभएको, राप्ती गाउँपालिकाभित्र जन्म भएको वा स्थायी बासिन्दा रहेका अनाथ बालबालिकालाई सहयोग रकम उपलब्ध गराइएकोे छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ कासन्दीप सार्की (नेपाली), पवन सार्की (नेपाली), योगीता सार्की (नेपाली), शारदा डाँगी, सनम कुमाल, लक्ष्मण कुमाल, राम कुमाल, विशाल सार्की, एलिना कुमाल र सुमित्री कुमाल, वडा नम्बर३ का सस्मिता चौधरी, रविन चौधरी, निरु चौधरी, हिमाल केसी र सिर्जना केसी, वडा नम्बर ४ कुलमान गिरी र मन्जुली गिरी, वडा नम्बर ७ का सुदिप चौधरी, वडा नम्बर ८ का विनोद कुमाल, बुधराम चौधरी, सुशीला चौधरी र सुजन कुमाललाई राप्ती गाउँपालिकाले सहयोग गरेको छ ।
सहयोग वितरण कार्यक्रममा प्रथम चरणमा नौजना बालबालिकालाई सहयोग प्रदान गरिएको र दोस्रो चरणमा अन्य बालबालिकालाई सहयोग प्रदान गरिएका छ । थप अनाथ बालबालिकाको विवरण र सहयोग माग भई आएमा समेत सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here