अनसनप्रति नागरिक समाजको ध्यानकर्षण

मुख्य खबर राजनीति समाज

घोराही, ७ साउन ।
नागरिक समाज दाङले मेडिकल शिक्षाको सन्दर्भमा डा. गोविन्द केसीले गरिरहेको अनसनप्रति ध्यानकार्षण भएको जनाएको छ । नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारको विषयमा राज्यको दायित्वलाई सर्वोपरी ठान्दै डा. केसी र नेपाल सरकारको बीच अबिलम्व वार्ता गरी समस्याको ठोस र दीर्घकालिन समाधान गर्नतर्फ सम्वद्ध पक्षहरुमा अपिल गरेको छ । साथै डा. केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएकाले सबै पक्ष संवेदनशील बन्नसमेत अनुरोध गरेको छ ।
जुनसुकै कारण भएपनि स्वास्थ्य सेवाका अधिकारमा कुनै पक्षबाट अवरोध नहोस् भन्ने कुरामा गम्भीरतापूर्वक ध्यान दिन अनुरोध गरेको छ । समाजका अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयमा राजनीतिक दलप्रति धु्रवीकरण मुलुकमा संकट आउने भएकाले जनसरोकारका साझा विषयलाई राष्ट्रिय सहमति कायम गरी अघि बढ्न सबै राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *