पग्लिएर मुटु तपतप चुहिरह्यो
भ्रूण हुक्र्याे बढ्यो तुहिरह्यो
बुझेन लोकले के चलिरह्यो
आफ्नै मनले आफैलाई छलिरह्यो
मृगतृष्णा लिई पाईला बढिरह्यो
नयनमा एक तस्विर गढिरह्यो
आफैलाई भूल्न मन चाहिरह्यो
गुमायो धेरै, थोरै केही पाईरह्यो
तरल भई भावना बगिरह्यो
भ्रमले यथार्थलाई ठगिरह्यो
मन दूर अति दूर भागिरह्यो
शुन्यतामा हलचल मागिरह्यो
सुखभित्र दुःखहरु पिईरह्यो
पाए या गुमाए तर दिईरह्यो
घाम सर्दै पहाड भित्र गईरह्यो
मेरो भन्ने सबै तिम्रो भईरह्यो
तुलसीपुर–१२ रझेना, दाङ
