Thursday, April 18, 2024
Homeसम्पादकीयअध्यक्ष–मेयर जुहारी

अध्यक्ष–मेयर जुहारी

- Advertisement -spot_img

दाङको तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डे र उपमहानगरकै वडा नं १३ का अध्यक्ष डम्बरबहादुर न्यौपानेबीच विकासको विषयमा जुहारी चलेको छ । विकासको योजनालाई लिएर दुबैबीच विवाद र चुहारी चल्दा नगरनै तातिएको छ ।
जनप्रतिनिधिहरुबीच द्वन्द्व भएको सार्वजनिक भएसँग ती जनप्रतिनिधिले आफू अनुकूलको ब्याख्या गर्दै एकअर्कामा दोषारोपण गर्न थालेका छन् ।
राजनीतिक रुपमा फरक विचारमा विभाजन भएका अध्यक्ष र नगरप्रमुख विवादमै रहेर तल्लो स्तरसम्मको आरोप र गाली बेइजतीमा समेत उत्रिन खोज्नु राम्रो होइन । त्यही विषयलाई लिएर अहिले अन्य जनप्रतिनिधिहरु अहिले आरोप प्रत्यारोपमा जुटेका छन् ।
नगरका जिम्मेवार प्रतिनिधिहरु नगर प्रमुखदेखि प्रवक्तासम्म र विपक्षी वडा अध्यक्षहरु आरोप प्रत्यारोपमा जुट्नुले आन्तिरिक विवाद त छताछुल्ल बनाएको छ । त्यसमा पनि बहसलाई आफ्नो पक्षमा लैजानलाई कतिसम्म तल गिर्दा रहेछन भने पनि देखाइदिएको छ ।
स्थानीय जनप्रतिनिधि आएपछि स्थानीय सरकार स्वायत्त भएर सञ्चालनमा छन् । स्थानीय सरकरालाई कस्तो बनाउने र कुन योजना कुन स्थानमा लैजानेसम्मको अधिकार स्थानीय सरकारकै हो ?
त्यहि अनुसार योजनाको वर्गीकरण गरेर कार्यान्वयनमा स्थानीय सरकारले लगिरहेको छ । त्यहि अन्तर्गत तुलसीपुर उपमहानगरपालिका १३ को वडा गौरव योजनाको ३५ लाख रुपैयाँ नगर प्रमुखले नगरमा फिर्ता लिएको र योजना निर्माणमा चासो नदिएको गुनासो सार्वजनिक भएपछि अहिले विवाद चुलिएको हो ।
वडा अध्यक्षले योजना निर्माणका लागि पटक–पटक मेयरलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै पत्रकार सम्मेलन गरेर नै अवस्था सार्वजनिक गरे । त्यसमा पनि नगर प्रमुखले दिएको प्रतिक्रिया अस्वभनीय देखियो ।
वडा अध्यक्षलाई गलत संज्ञा लिएर आक्षेप लगाए । त्यसपछि अन्य जनप्रतिनिधिहरु विभाजन भएर आफ्ना विचारहरु सार्वजनिक गर्न थालेपछि विवाद उत्कर्षमा पुगेको देखिन्छ ।
जनप्रतिनिधिहरु जिम्मेवार र सभ्य भएर प्रस्तुत भएमा मात्रै यो समाधान हुनेछ । त्यो सभ्यतामा नगरप्रमुखले पनि ध्यान दिन आवश्यक छ । जेहो सत्य सत्य नै हो आज नभए भोलि अवस्य पुष्टि हुन्छ ।
सँगै बसेर काम गर्दा विवाद, छलफल हुन्छ । ती विवाद र छलफललाई नेतृत्वकर्ताले सम्वोधन र समाधान गर्न सक्नुपर्छ कि पछिको ब्यक्तिले गुनासो ग¥यो भन्दैमा स्तरै घटाएर प्रस्तुत हुनु उसैका लागि हानी हुन्छ ।
जनताले नै चुनेर पढाएका ब्यक्तिले जनताको हितमा काम गर्न सक्नुपर्छ । आएको विकास रोक्ने हैन समयमा नै पूरा गर्न सक्नुपर्छ । योजना फिर्ता लिने तर पूरा गर्नेतर्फ ध्यान नदिएर आरोप प्रत्यारोपमा लाग्नु कसैका लागि सुखद हुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here