- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदअध्यक्ष कप फुटबल

अध्यक्ष कप फुटबल

- Advertisement -spot_img

तुलसीपुर, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व सांसद बुद्धिराम भण्डारीले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । खेल नै स्वास्थ्यको धन हो, स्वास्थ्यका लागि खेल आवश्यक छ, उनले भने । अब सिंगो खेलकुदलाई स्वास्थ्य मात्र नभएर एकता र समृद्धिसँग जोडेर लैजानु पर्ने पनि उनले बताए ।
स्थानीयस्तरमा फुटबल खेलको पहँुच अभिवृद्धि गर्ने नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ब्राहथान टोल विकास संस्थाले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा श्रीराम टोल विकास संस्थालाई १ विरुद्ध ३ गोलले ब्राहथान टोल विकास संस्थाले विजयी यात्रा सुरु गरेको हो । प्रदेश प्रहरी कार्यालय तुलसीपुरको खेल मैदानमा भएको खेलमा ब्राहथानका दिलिप योगी, पारस बस्याल र दिपक रेग्मीले समान १÷१ गोल गरे ।
त्यस्तै श्रीराम टोलका तर्फबाट बादल विकले सान्त्वना गोल गरे । बैशाख १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वडा नम्बर ७ भित्रका सात टिमहरुको सहभागिता रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष टोप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक तथा कार्यपालिका सदस्य अमर नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष राजु आचार्य, कार्यपालिका सदस्य दिपक कुमाल, रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ संयोजक शरद रेग्मी लगायतले खेलकुदको विकासबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताएका थिए ।
साथै उनीहरुले हरेक व्यक्तिको स्वास्थ्यमा टेवा पु¥याउने माध्यम खेल भएको पनि बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का सदस्य तथा प्रतियोगिताका संयोजक रामबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सन्तोष केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here