अध्यक्षले किर्ते गरेर वनको रकम हिनामिना

फिचर मुख्य खबर समाज

देउखुरी, २४ माघ । देउखुरीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले रकम हिनामिना गरेको आरोप लागेको छ । समूहका सचिव र कोषाध्यक्षको किर्ते हस्ताक्षर गरेर अध्यक्षले रकम एक लाख ४० हजार रुपैयाँ बैंकबाट निकासा गरी हिनामिना गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ बनकट्टीमा रहेको भयाँरथान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रवीर गिरीले वन हेरालुलाई १८ हजार रुपैयाँ तलब दिने उपभोक्ताको बैठकले गरेको निर्णयलाई खम्बा बनाएर एक लाख ४० हजार रुपैयाँ हिनामिना गरेका समूहका सचिव निमा वलीले बताइन् । ‘अध्यक्षले अठार हजारलाई एक लाख अठार हजार बनाएर बैंकमा लगेर जानु भएछ’ सचिव ओलीले भनिन्, अनि बैंकले शंका लागेपछि चेक नै रद्द गरेर पठाएपछि अर्को चेकमा सचिव र कोषाध्यक्षलाई थाहै नदिएर किर्ते गरी एक लाख चालिस हजार निकासा गरेको भेटियो ।

भयाँरथान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रवीर गिरीले वन हेरालुलाई १८ हजार रुपैयाँ तलब दिने उपभोक्ताको बैठकले गरेको निर्णयलाई खम्बा बनाएर एक लाख ४० हजार रुपैयाँ हिनामिना गरेका समूहका सचिव निमा वलीले बताइन् ।

अध्यक्ष गिरीले एक लाख चालिस हजार रुपैयाँ निकासा गरेर सोही गाउँमा भएको सूर्योदय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विष्णुबहादुर केसीलाई दिएको सचिव ओलीले बताइन् । सामुदायिक वनका अध्यक्ष गिरीले निकासा गरेको एक लाख चालिस हजार रकममध्ये अठार हजार रुपैयाँ वन हेरालुलाई दिएको बताए । सचिव र कोषाध्यक्षलाई हस्ताक्षर गरेर लगेको चेक बैंकले रद्द गरी दिएपछि अध्यक्ष स्वयम् गिरीले सोही गाउँमा भएको सूर्योदय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मिनबहादुर बस्नेत र विष्णुबहादुर केसीको सहयोगमा किर्ते गर्न लगाएर रकम निकासा गरेको स्वीकार गरेका छन् । यता शिक्षक बस्नेत र केसीले सचिव र कोषाध्यक्षको हस्ताक्षर किर्ते गरिदिन अध्यक्षले आफूहरुलाई आग्रह गरेपछि सहयोग गरेको बताए । सामुदायिक वनका अध्यक्ष गिरीले आफूलाई आवश्यक परेकोले वनको नाममा भएको बैंक खाताबाट रकम निकासा गरेको स्वीकार गरिसकेका छन् । यता समूहका सचिव निमा ओली र कोषाध्यक्ष विनोद खड्काले यो बारेमा आफूहरुलाई कुनै जानकारी नभएको भन्दै किर्ते गरेर रकम निकासा गर्ने र गराउनेलाई कारबाहीको माग गरेका छन् । बुधबार गाउँमा समूहको बैठक थियो उपभोक्ताले खर्च विवरणको कुरा गर्दै गर्दा यस्तो रहस्य खुलेको सचिव ओलीले बताइन् । यसरी आफूहरुलाई समेत समस्या पार्ने कार्य गरेको भन्दै उनीहरुलाई हदैसम्मको कानुनी कारवाहीको उनीहरुले गरेका छन् ।

वन कर्मचारीमाथि हातपात

भयाँरथान सामुदायिक वनमा अध्यक्षले किर्ते गरेको भन्ने सूचना मिडियासम्म किन पु¥याएको भन्दै प्यूठान ऐरावाती गाउँपालिका–१ बरुलास्थित सवडिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक बरुण कुमार नेपालीमाथि राजापुर गाउँपालिका वडा नम्बर ७ बनकट्टीका प्रेम बहादुर ओलीले हातपात गरेका छन् ।
नेपाली घर बिदा आएको र उनी पनि सोही सामुदायिक वनको उपभोक्ता भएका कारण केही बुझ्न खोज्दा कुटिएका हुन् । गाउँमा वनको बैठक बसिरहेको समयमा आफू पनि त्यहाँ गएको र अध्यक्षले किर्ते गरेको बारे छलफल भैरहेको समयमा प्रेम ओलीले मिडियामा किन कुरा पु¥याएको भन्दै हातपात गरेको नेपालीले बताए । वन रक्षक नेपालीले बुधबार लमहीमा पत्रकार सम्मेलन गरेर आफूमाथि हातपात भएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *