अध्यक्षमा बुढा,थप लगानीको क्षेत्र पहिचान

फिचर मुख्य खबर

सकियो गोरखा गु्रपको वृहत् भेला …
zxतुलसीपुर, २५ बैशाख । बेलायती लाहुलेहरुले स्थापना गरेको गोरखा ग्रुप प्रालिको सञ्चालन समितिको नेतृत्व संस्थापक अध्यक्ष मानबहादुर बुढालाई नै दिइएको छ । गोरखा गु्रप प्रालिको पहिलो साधारणसभा तथा वृहत भेलाले बुढाको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरेको हो ।
विभिन्न सप्ताहब्यापी कार्यक्रम गरेर गरिएको वृहत भेलाले संस्थापक मानबहादुर बुढाको अध्यक्षतामा पाँच वर्षका लागि नौजनाको नयाँ सञ्चालक समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी सार्वजनिक गरिएको छ । ग्रुपको सञ्चालक समितिको सदस्यमा विष्णुप्रसाद घर्तीमगर, नौल सिंह घर्ती, जंगबहादुर पुन, दुर्गा बहादुर केसी, बालकृष्ण रोकामगर, उत्तमराज घिमिरे, मानसिंह घर्तीमगर, धनकुमार बुढामगर रहेका छन् ।
हाइड्रो र कृषिमा लगानी गर्ने
बेलायती लाहुलेहरुले स्थापना गरेको गोरखा ग्रुप प्रालिले आफ्नो लगानी विस्तार गर्दै हाइड्रोमा लगानी गर्ने भएको छ । शिक्षा क्षेत्रको लगानीबाट दाङमा २२ वर्ष अघि स्थापना भएको गोरखा ग्रुपले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर लगानी गरिरहेको थियो ।
ग्रुपको मंगलबार सकिएको वृहत् भेलाले अबको लगानी कृषि, रिसोर्ट, हाइड्रो, पर्यटनमा लगाउने निर्णय गरेको छ । मंगलबार दाङको तुलसीपुरमा बृहत् भेलाको निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
बजारको महङ्खव आवश्यकता र आपूर्तिको अवस्थालाई अध्ययन र विश्लेषण गरेर कृषि क्षेत्रमा लगानी गर्ने निर्णय गरिएको छ । गु्रपका प्रमुख कार्यकारी अधिकृत नौलसिंह घर्तीले भने,
यसको साथै हाइड्रो र रिसोर्टमा पनि अब हाम्रो लगानी हुन्छ । घर्तीले हाइड्रोमा लगानी दाङ या जिल्ला बाहिर जहाँ पनि हुन सक्ने बताए ।
दुई दशकदेखि दाङमा शिक्षा क्षेत्रमा लगानी गरिरहेको ग्रुपअन्तर्गत अहिले तुलसीपुर,
घोराही र लमहीमा एक÷एक उच्च माध्यमिक विद्यालय, एक÷एक स्नातक तहका क्याम्पस र घोराहीमा गोरखा अस्पताल सञ्चालन गरिरहेको छ । त्यसैगरेर पिसिएल लेबलको स्वास्थ्यको अध्ययन थलोको स्थापना गरेको ग्रुपका संस्थापक तथा अध्यक्ष मानबहादुर बुढाले बताए ।
ग्रुपलाई हामीले अझ सशक्त र बलियो बनाउँदै गएका छौँ, अध्यक्ष बुढाले भने, अशिक्षाले पिरोलिएको अनुभवबाट लाहुरेको ग्रुपले शिक्षामा लगानी गरेर पत्थरमा सुन्दर फुल खोजिरहेका छौँ । लाहुरेको लगानीले २२ वर्षसम्म आउँदा ठूलो उपलब्धि हासिल गरेको दावी उनले गरे ।
९५ जना लाहुरेलाई एकै ठाउँमा राखेर यति लामो सहकार्य गर्न पनि मुस्किल हुन्छ उनले भने तर पत्थरमा फुल फुलाउने लक्ष्यले हामीलाई एकै ठाउँमा राखिरहेको छ ।


बेलायती लाहुलेहरुले स्थापना गरेको गोरखा ग्रुप प्रालिले आफ्नो लगानी विस्तार गर्दै हाइड्रोमा लगानी गर्ने भएको छ । शिक्षा क्षेत्रको लगानीबाट दाङमा २२ वर्ष अघि स्थापना भएको गोरखा ग्रुपले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर लगानी गरिरहेको थियो ।


सन् १९९८ मा गोरखाजहरुको लगानीमा गोरखा अभियानको नामले सुरु भएको लाहुलेको लगानी अहिले गोरखा ग्रुप प्रालिमा जाँदै क्षेत्र विस्तार गरेर लगानी बढाउन लागिएको बुढाले जानकारी दिए ।
डेढ करोडबाट सुरु भएको अभियान अहिले अरबमाथि पुगेको छ । शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको गोरखा ग्रुपले अब होटेल, पर्यटन र कृषिलाई पनि प्राथमिकतामा राखेको छ ।
बेलायतमा रहेका नेपालीहरुले शिक्षाको महङ्खव बुझेर गुणस्तरिय शिक्षा दिने उद्देश्यले घोराहीमा गोरखा इन्टरनेश्ल पब्लिक स्कुल स्थापना गरेको थियो । त्यसपछि विभिन्न क्षेत्रमा विस्तार गरिएको उनले बताए ।
उनले ग्रुप टिम वर्कले चलेको भन्दै एउटै छानामुनी एक सयजना अटाएर लामो सहयात्रा हुनुले अरुलाई पनि सिकाइ हुने बताए । चाहेमा एक भएर पनि काम गर्न सकिन्छ भन्ने देखाउनु पनि हाम्रो उद्देश्य हो, अध्यक्ष बुढाले भने, हामीले यो कुरा स्थापित गरिसकेका छौँ ।
एक करोडको फाउन्डेशन
गोरखा ग्रुपको बृहत् भेलाले गोरखा फाउन्डेशन स्थापना गरेको छ । विभिन्न परियोजना सञ्चालन गर्ने गरी पहिलो चरणमा एक करोडको मुल पुँजी राखेर गोरखा फाउन्डेशन स्थापना गरिएको गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा बहादुर केसीले जानकारी दिए । यसमा ग्रुपको मुनाफाको १० प्रतिशत रकम बर्षेनि थप गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *