अधुरै बाढीले भत्काएका संरचना

फिचर मुख्य खबर समाज

तुलसीपुर,
दाङमा २०७४ साल साउनमा आएको बाढीले भत्काएका संरचनाहरु अहिलेसम्ममा पनि पुनःनिर्माण हुन सकेका छैनन् । अर्काे बर्षा सुरु भइसक्दासम्म पनि बाढीले भत्काएका सडक पूर्वाधार निर्माण नहुँदा एक वर्षदेखि सवारी आवागमनमा समेत समस्या हुँद आएको छ ।
तुलसीपुर घोराही सडक खण्डको राजापुरमा पूरै सडक बगाउँदा तीन दिन खडकखण्डको यातायात अवरुद्ध भएको थियो । अस्थायी रुपमा डाइभर्सन बनाएर गाडी सञ्चालन गरियो । त्यो गरेको पनि एक वर्ष पूरा भयो । तर अहिलेसम्म त्यसको स्थायी पुनःनिर्माण भएको छैन । त्यो डाइभर्सनले अहिले पनि जोखिम उठाइरहेको छ । राप्ती राजमार्गमा पहिरोको कारण धेरै क्षति भयो । पहिरो पन्छ्याएर एउटा गाडी क्रस हुने ठाउँ बनाइयो । त्यो सडक अहिलेसम्ममा पनि पूरै सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै गरेर दाङ–सुर्खेत सडकमा पर्ने खोलाहरुले सडकलाई क्षति पु¥याउँदा स्थायीरुपमा सडक सञ्चालन गरियो । त्यहाँ पनि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन । विगतको क्षतिलाई एक वर्षसम्ममा पनि स्थायी ब्यवस्थापन नहुँदा पुनः क्षति दोहोरिने देखिएको छ । ०७४ सालको बाढी र पहिरोले जिल्लाका तीनवटा ठूला राजमार्ग र केही सहायक राजमार्गहरुमा ठूलो क्षति पु¥याएको थियो । बाढीका कारण क्षति भएका सडक पूर्वाधारको पुनःनिर्माणको लागि ४४ करोड रुपैयाँ आवश्यक पर्ने भएपनि मन्त्रालयले रकम उपलब्ध नगराउँदा पुनःनिर्माण गर्न नसकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख वद्रीप्रसाद शर्माले जानकारी दिए । उनले महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग), राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, तुलसीपुर लमही सडकमा बढी क्षति भएको र त्यसको इमरजेन्सी मर्मत बाहेक पुनःनिर्माण हुन नसकेको शर्माले जानकारी दिए ।

विगतको क्षतिलाई एक वर्षसम्ममा पनि स्थायी ब्यवस्थापन नहुँदा पुनः क्षति दोहोरिने देखिएको छ । ०७४ सालको बाढी र पहिरोले जिल्लाका तीनवटा ठूला राजमार्ग र केही सहायक राजमार्गहरुमा ठूलो क्षति पु¥याएको थियो ।


उनले सबै क्षति भएको क्षेत्रको आवश्यक अनुगमन गरी मर्मतको लागि स्टिमेट तयार पारेर विभागमा तत्काल पठाइएको भएपनि निर्माणको अनुमति र रकम नआउँदा, जस्तो छ त्यस्तै अवस्थामा अहिले पनि रहेको बताए । साउन २८ मा बाढी पहिरोले क्षति गरे लगत्तै भदौ २ मा पुनःनिर्माणको लागि रकम माग गरेका थियौँ, त्यसपछि पनि पटक–पटक त्यसमा ताकेता र चासो बढायाँै शर्माले भने, तर अर्काे वर्षा सुरु भइसक्यो प्रभावित संरचनाहरु पूरा गर्न सकेनौँ ।
डिभिजन प्रमुख शर्माले बाढीले यी सडकहरुमा क्षति पु¥याएको र अहिलेसम्ममा पनि अस्थायी रुपमा बनाइएको संरचनाबाट सवारी साधनहरु सञ्चालन भइरहेको बताए । उनले तत्कालिन अवस्थामा आपतकालीन कार्य गरेको रकमसमेत अहिलेसम्म भुक्तानी नभएको गुनासो गरे । सडक बगाएको स्थानमा अस्थायी डाइभर्सन बनाएर गाडी गुडाएको र त्यसपछि रकम अभावले स्थानीय संरचना निर्माण गर्न नसकेको बताए । अन्य बर्षहरुमा बाढीले क्षति पु¥याएको संरचना निर्माणका लागि अतिरिक्त रकम आउने गरेको भएपनि यसबर्ष नआउँदा समस्या भएको बताए । सडकसँगै बाढीका कारण क्षति भएका अन्य संरचनाको समेत यसबर्ष मर्मत तथा पुनःनिर्माण हुन सकेको छैन । २०७४ सालको बाढीले दाङमा मात्रै २ अर्ब बढीको क्षति पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *