- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरअधिकार मञ्चको साधारणसभा

अधिकार मञ्चको साधारणसभा

- Advertisement -spot_img

गढवा, १० चैत । दक्षिण देउखुरी अधिकार मञ्च गढवाको पाँचौ साधारणसभा शनिबार गढवामा सम्पन्न भएको छ । दक्षिण देउखुरी अधिकार मञ्च गढवाका अध्यक्ष देवराज कुँवरको सभापतित्व प्रदेश नम्बर ५ का प्रदेश सभाका सदस्य ईन्द्रजित चौधरीको प्रमुख आतिथ्यता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दक्षिण देउखुरी अधिकार मञ्चले दक्षिण देउखुरीको सीमान्तकृत समुदायको अधिकार प्राप्तिको लागि अहम् भूमिका खेलेको र अबको दिनमा अधिकार मञ्चलाई विकास मञ्चको रुपमा भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईन्द्रजित थारुले दक्षिण देउखुरी अधिकार मञ्च अब दक्षिण देउखुरीहरुको मात्र नभई समग्र देउखुरीको अधिकार सुनिश्चित गर्ने तर्फ अहम् भूमिका खेल्नुपर्ने बताए । उनले अहिलेको संघीय सरकारले आम जनताको अधिकार घर–घरमा पु¥याइ सकेकोले अब दीगो जीविकोपार्जन सुशासन र पैरवीको क्षेत्रमा अझ तदारुकताका साथ काम गर्न आग्रह गरे ।
सहजराम यादव, राजपुर गाउँपालिकाको अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपती यादव, सहकर्मी समाजका प्रमुख कार्यकारी अधिकृत अमर बहादुर ऐर, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्त, गढवा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लेखबहादुर थापा, दक्षिण देउखुरी अधिकार मञ्चका संस्थापक अध्यक्ष रामप्रताप यादव, रेडक्रस गढवाका देवि प्याकुरेल, पत्रकार दशरथ घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दक्षिण देउखुरी अधिकार मञ्चकी सचिव शोभा रावतले प्रगति तथा लेखापाल पूजा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दक्षिण देउखुरी अधिकार मञ्चका कर्णसिंङ भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यकारी व्यवस्थापक सहदेव यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here