अधिकारको विवाद अदालतसम्म

मुख्य खबर

सल्यान, २६ बैशाख । सल्यानको एक नगरपालिकाका वडा अध्यक्ष र नगरप्रमुखको विवाद अदालतसम्म पुगेको छ । सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले वडा अध्यक्षको अधिकार कटौती गरेर पत्राचार गरेकोमा बढेको विरोध अदालतसम्म पुगेको हो ।
नगरप्रमुखले वडा अध्यक्षको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै हस्तक्षेपविरुद्ध वडा अध्यक्षले उच्च अदालत सुर्खेतका निवेदन दर्ता गरेका हुन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गोबिन्द डाँगीले आफ्नो काम, कर्तब्य र अधिकारमाथि नगरप्रमुखले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
भौगोलिक रुपमा बिकट रहेकोे नगरपालिका १२ का वडा अध्यक्ष डाँगीले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको भन्दै नगरप्रमुख गोविन्द कुमार पुनमाथि अदालतमा मुद्दा दर्ता गराएको निवेदन गरेका हुन् ।
नगरपालिकाभित्रको आपसी विवाद र किचलोका कारण आर्थिक बर्ष शुरु भएको झण्डै पाँच महिना पछि नगरसभा सम्पन्न भएको छ । नगरसभामा उनले अहिले पनि नगरप्रमुखले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०६४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडा अध्यक्षलाई प्रदान गरिएको थियो वडा अध्यक्ष डाँगीले भने,
तर नगरप्रमुखले वडा अध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्नु गलत हो । नगर प्रमुखले वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार मनोनित कार्यपालिका सदस्यलाई दिएको बताईएको छ ।
वडा अध्यक्ष डाँगीले आफूले वडा कार्यालयभन्दा बाहिर जाँदा पाँच दिनभन्दा बढी बाहिर बस्नुपरेमा सधै काभा अध्यक्ष जिम्मेवारी दिएर जाने गरेको बताए नगरप्रमुख पुनले नगरपालिकाबाट २÷३ महिना बाहिर गएर बस्दा पनि कहिले पनि कार्यवाहकको जिम्मेवारी दिएर गएको इतिहास नभएको उनले बताए । जसले नीति विधि अनुसार काम गर्छ उसलाई नै नगर प्रमुखले आरोप लगाउने गरेको र नगर प्रमुख कहिले पनि नीति विधिमा नचलेका कारण त्यसमा नै हाम्रो विभेद भएको बताएका छन् । वडाभित्र सञ्चालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने अधिकार पनि वडा अध्यक्षलाई भएको बताउदैँ डाँगीले अहिले आफ्नो अधिकारमा नगरप्रमुखले हस्तक्षेप गरेको दाबी गरे ।
यसैबीच नगरप्रमुख पुनले भने वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिसलगायतका कार्यहरु सञ्चालन गर्ने जिम्मा कार्यपालिका सदस्यलाई मात्र दिएको स्वीकार गरेका छन् ।
वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णयबिना कुनै पनि काम कार्यपालिका सदस्य नगरेको बताए । आफूले योजना सम्झौता र कामकाज गर्ने मात्र जिम्मेवारी दिएको तर तर्कहिन आरोप लगाएर नगर प्रमुखलाई बदनाम गर्ने खोजेको आरोप लगाए ।
अदालतले आफूलाई निर्दोष भएको कुरा प्रष्ट्याउने बताउँदै नगरप्रमुख पुनले गल्ती अनुसारको सजाय दोषीले नै भोग्ने बताए । नगरप्रमुख नगरको संरक्षक भएकाले कामहरुलाई तिव्रता दिन जनप्रतिनिधिहरुलाई कामको जिम्मेवारी दिईएको बताए ।
कुनै पनि जनप्रतिनिधिहरुले आफ्नो भूगोल सात दिनभन्दा बढी छोड्नुपरेमा नगरप्रमुखलाई लिखितरुपमा जानकारी दिनुपर्ने भएपनि वडा अध्यक्षले त्यसो नगरेको, वडा समितिको बैठकमा आफू भूगोलभन्दा बाहिर जाँदा कुनै पनि निर्णय नगराएको,
वडा कार्यालयमा नियमित उपस्थित नभएकोलगायतका कारण कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइएको बताए । अधिकार कटौति भएको भन्दै वडा अध्यक्षहरु नगर प्रमुखसँग रुष्ट हँुदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *