- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयअण्डामा विचौलिया

अण्डामा विचौलिया

- Advertisement -spot_img

नेपाल कृषि प्रधान देश हो । यहाँका बहुसंख्यक नागरिक कृषिमा निर्भर छन् । पछिल्लो समयमा कृषिमा विचौलियाको प्रवेश हुँदा किसान र उपभोक्ताको मूल्य दूरी अत्यधिक बढी छ । कृषि क्षेत्रमा बढी मात्रामा विचौलिया देखिएका छन् ।
किसानले ब्यवसायीक रूपमा गरेको अण्डा उत्पादनमा विचौलिया हावी हुँदा किसानहरू मर्कामा परेको खबर सार्वजनिक भएको छ । कृषिमै आत्मनिर्भर रहेका किासनहरूलाई विचौलियाकै कारण मुनाफामा कमी आउने त पक्कै नै भयो ।
त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरू परेका छन् । उपभोक्ता नै बढी ठगिनु परेको छ । विचौलियाको बिगबिगी सबै क्षेत्रमा छ । बिचौलियाले नछोएको, बिचौलिया सक्रिय नभएको कुनै क्षेत्र प्रायः छैन ।
सबै ठाउँमा बिचौलिया हाबी हुँदा उत्पादनकर्ता र प्रयोगकर्ता दुबै नठगिने कुरै भएन । अब यो अवस्थालाई रोक्न सबै लाग्नुपर्ने जरुरी देखिन्छ ।
बिचौलिया हाबी भएर जिल्लामा अण्डा उत्पादन किसानहरुमा घाटा र क्षति भएको भनेर दाङका किसानहरू आक्रोसित भएका छन् । यो व्यापारीहरूले मनपरी मुल्यमा अण्डा बेच्ने गरेका छन् ।
व्यापारीहरूले बजारमा एउटा अण्डालाई १५ रूपैयाँमा समेत बेच्ने गरेका छन् । बिचौलियाका कारण व्यवसाय समस्यामा परेको र मुनाफा भरी बिचौलिया र व्यवसायीलाई जाने गरेको आरोप कृषकहरुको रहेको छ ।
अहिले प्रत्यक्ष मारमा अण्डा उत्पादक किसानहरू परेका छन् भने उपभोक्ताहरू ठगिन बाध्य छन् । बजारका व्यवसायीहरू किसानको उत्पादनमा आफूखुशी मुल्य निर्धारण गर्ने र किसानलाई मारमा पार्ने क्रियाकलाप भएको भनेर किसानहरू आन्दोलित हुने अवस्था आउनु राम्रो हैन । किसानको सम्मान किसानकै उत्पादनको मुल्यमा हुन्छ त्यो सम्मान किसानलाई तिर्नेतर्फ सोंच्न जरूरी छ ।
कृषिलगायतका क्षेत्रमा हुने विचौलियाको गतिविधि रोक्नुपर्छ । बिचौलिया निषेध बनाइनु पर्छ । किसानहरुले उत्पादन गरेको अण्डा सस्तोमा खरिद गरेर दोब्बर नाफा खाएर व्यापारीहरूले अण्डा बेच्नेलाई उपभोक्ता अधिकार ऐन प्रयोग गरेर भए पनि कारवाहीको दायरामा ल्याउनु पर्छ ।
उत्पादकबाट पाँच रुपैयाँमा खरिद गरिएको सामान उपभोक्तासम्म जादा १५ रुपैयाँ मुल्य पुग्न कुनै पनि पक्षले राम्रो मानिदैन । मुल्यमा अन्तर होला त्यो फाइदा बिचौलिया कै देखिन्छ । अहिले जिल्लामा अण्डाको अवस्था त्यहि रहेको छ ।
उत्पादन गर्ने किसान र उपभोक्ता बीचको मुल्यमा तीन गुणा फरक हुँदा त्यसले उपभोक्ता र किसानलाई नै मारमा पारेको छ । बिचौलियाको यस्तो बिगबिगी हुँदासम्म नियमन गर्ने निकाय चुप लाग्नुले नियमनकारी निकाय पनि बिचौलिया सँगसँगै छन् की भन्ने आशका नउब्जाउने कुरा पनि छैन् ।
किसानहरुले बिचौलियाले समस्या पारेको भन्दै सडकमै आउँदासम्ममा पनि यो विषयको गम्भीर्यता नदेखिनु उचित छैैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here