- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरअण्डामा बिचौलियाको चलखेल

अण्डामा बिचौलियाको चलखेल

- Advertisement -spot_img

घोराही, १२ बैशाख । दाङमा व्यापारीहरुले मनपरी मुल्यमा अण्डा बेच्ने गरेका छन् । व्यापारीहरुले बजारमा एउटा अण्डालाई १५ रुपैयाँमा समेत बेच्ने गरेका छन् ।
बिचौलियाका कारण प्रत्यक्ष मारमा अण्डा उत्पादक किसानहरु मर्कामा परेका छन् भने उपभोक्ताहरु ठगिन बाध्य छन् । बजारका जुनसुकै पसलमा अण्डा व्यापारीहरुले आफूखुशी मुल्यमा बेच्ने गरेका छन् ।
व्यापारीले अण्डा उत्पादन गर्ने किसानहरुबाट एउटा अण्डालाई पाँच रुपैयादेखि बढीमा सात रुपैयाँसम्म खरिद गर्ने गरेका छन् । किसानहरुले उत्पादन गरेको अण्डा सस्तोमा खरिद गरेर दोब्बर नाफा खाएर व्यापारीहरुले अण्डा बेच्ने गरेका छन् ।
व्यापारीहरुले क्यारेट तथा खुद्रामा अत्याधिक नाफा राख्ने गरेका छन् । नेपाल अण्डा उत्पादक किसान संघले अण्डाको प्र्रति पिस ७ रुपैयाँ १५ पैसा खुद्रा खरिदको लागि मुल्य निर्धारण गरेको छ, तर व्यापारीहरुले किसानहरुबाट लिएर ढुवानी लागत हेरेर नौ रुपैयाँसम्म एउटा अण्डा बेच्नुपर्ने भएपनि १५ रुपैयाँसम्म बेच्ने गरेका छन् । त्यसमा पनि उपभोक्ताहरुले एउटा अण्डा खरिद गरेमा १५ रुपैयाँ र जोडी खरिद गरेमा २५ रुपैयाँ लिने गरेका छन् ।
दाङ अण्डामा निर्भर भएपनि धेरैजसो अण्डा जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा उत्पादन भएका अण्डा २० प्रतिशत मात्रै खपत हुने गरेको नेपाल अण्डा उत्पादक किसान संघ दाङले जनाएको छ ।
दाङमा अण्डामा उत्पादन र जनसंख्याको आधारमा हेर्ने हो भने आधाभन्दा बढी अण्डा दाङमै खपत हुनुपर्ने हो तर ८० प्रतिशत अण्डा जिल्ला बाहिर जाने गरेको छ ।

व्यापारीले अण्डा उत्पादन गर्ने किसानहरुबाट एउटा अण्डालाई पाँच रुपैयाँदेखि बढीमा सात रुपैयाँसम्म खरिद गर्ने गरेका छन् । किसानहरुले उत्पादन गरेको अण्डा सस्तोमा खरिद गरेर दोब्बर नाफा खाएर व्यापारीहरुले अण्डा बेच्ने गरेका छन् ।

अण्डा स्वास्थ्यको लागि फाइदाजनक भएपनि महंगो भएका कारण जिल्लामा कम खपत हुने गरेको छ । अण्डाको बिक्रीमा बिचौलियाको चलखेल बढ्दै गएको छ, अण्डा व्यवसायी संघले निर्धारण गरेको मुल्यमा व्यापारीहरुले बेच्ने गरेमा दिनहुँ खान सकिने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का कुशल केसीले बताउँछन् ।
‘क्यारेटमा अण्डा किन्ने हो भने चार सय ८० रुपैयाँसम्म किन्ने गरेको छु’ केसीले भने ‘सस्तो मुल्यमा पाए त दिनहुँ खाने मन हो ।’ आवश्यकताभन्दा पनि मन लाग्दा अण्डा किनेर खाने गरेको उनले बताए ।
त्यस्तै नारायपुरकी सीता घर्तीले बजारमा व्यापारीहरुले अण्डा मनोमानी मुल्यमा बेच्ने गरेको बताइन् । दुई दिन पहिले घर्तीले क्यारेटको दुई सय ८० रुपैयाँमा किनेकी र अर्को व्यापारीकोमा बुझ्दा दुई सय पचास रुपैयाँमा पाइने गरेको बताईन् ।
बजारमा अण्डाको मुल्य एकरुपता नभएको उनले बताइन् । अण्डामा एक, दुई रुपैयाँ मात्र नाफा खाएर बेच्ने गरेको घोराहीमा किराना पसल गर्दै आएका खिम शर्माले बताए ।
‘हामीले पनि अण्डा व्यवसायहरुबाट अण्डा खरिद गर्ने हो’ उनले भने ‘एक दुई रुपैयाँ नाफा नखाएर त कसरी परिवार पाल्ने ?’ अण्डाको मुल्यको निर्धारण एकरुपमा समायोजन नहुँदा अण्डा उत्पादक किसानहरु मर्कामा परेको तुलसीपुरका अण्डा उत्पादक किसान खुमप्रसाद भण्डारी बताउँछन् ।
‘एउटा अण्डा उत्पादन गर्नको लागि किसानले पाँच रुपैयाँ खर्च गर्नुपर्छ’ भण्डारी प्रदेश टुडेलाई भने ‘हामीले बेच्ने समयमा ६÷७ रुपैयाँमा बेच्नुपर्छ ।’ किसानहरुबाट पाँच रुपैयाँमा अण्डा खरिद गरेर व्यापारीहरुले उपभोक्ताहरुलाई प्रति अण्डा १५ रुपैयाँमा बेच्ने गरेको उनले बताए ।
अण्डा धेरैलाई मन पर्ने परिकारमा भएपनि महंगो भएकै कारण जिल्लामा कम खपत हुने गरेको उनको भनाइ छ । बजारमा व्यापारीहरुले मनोमानी मुल्यमा अण्डा बेच्ने गरेकोमा नेपाल अण्डा उत्पादक किसान संघ दाङका अध्यक्ष अन्जन पौडेलले अण्डाको मुल्यमा एकरुपता ल्याउनको लागि छलफल तथा पहल भईरहेको उनले बताए ।
‘प्रति अण्डाको मुल्य सात रुपैयाँ १५ पैसा मुल्य निर्धारण गरेका छौँ’ अध्यक्ष पौडेलले भने ‘व्यापारीहरुले उचित नाफा नखाएर मनोमानी नाफा खानुभएको छ जो अस्वभाविक हो ।’
अण्डा उत्पादनमा दाङ निर्भर रहे पनि जिल्लामा सबै खपत नहुँदा चिन्ता व्यक्त गर्छन् । ‘संघले नै निर्धारण गरेको मुल्यमा अण्डा बिक्री हुने हो भने आधा भन्दाबढी अण्डा दाङमै खपत हुन्छ’ उनले भने ‘तर दाङमा अण्डाको मुल्य एकरुपता नहुँदा महंगो पर्न गएको छ ।’ दाङमा दुई हजार एक सय पेटी अण्डा उत्पादन हुने गरेको उनले बताए ।
दाङमा उत्पादन भएका ८० प्रतिशत अण्डा काठमाडाँैलगाएत अन्य जिल्ला जाने गरेको उनले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष नारायण भुसालले अण्डाको मुल्यमा एकरुपता ल्याउनको लागि अण्डा व्यवसायहरुसँग छलफल गर्ने र अण्डा उपभोक्ताहरुले सर्वसुलभ रुपमा पाउनुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here