- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरअटो भाडामा मनपरी

अटो भाडामा मनपरी

- Advertisement -spot_img

तुलसीपुर, १० साउन । दाइ चोकदेखी बसपार्क जान कति पैसा लाग्छ ? सय रुपैयाँ लाग्छ भाइ, ९० सम्म दिने भए लगिदिन्छु बस्नुस् । चोकदेखि नयाँ बसपार्कसम्मका लागि गन्तव्य तय गरेका एकजना यात्रुले अटो चालकसँग भाडाको बाग्रेनिङ गरिरहेका थिए ।
अटो चालकले अस्वभाविक भाडा सुनाएपछि यात्रुले चलेको भाडादरमा बोक्न आग्रह गरिरहेका थिए । तर चालक भने आफूले बोलेकै भाडा लिने दाउमा देखिन्थे ।
सेवाग्राहीहरुलाई सर्वसुलभ तरिकाले यातायात सेवा प्रदान गर्नका लागि सञ्चालनमा आएका अटोहरुमा केही दिन यता मनोमानी भाडा उठाउने प्रवृत्तिमा देखिएका छन् ।
तुलसीपुर बजार क्षेत्रमा रुट निर्धारण गरी तोकिएको भाडादर लिनुपर्ने व्यवस्था गरिएको भएपनि त्यो नीति र नियममा मात्र सीमित भएको देखिन्छ । बजार क्षेत्रमा चल्ने अटो चालकले मनोमानी ढंगले फरक–फरक दरमा भाडा लिने गर्दा आफूहरु ठगिदै आएको सेवाग्राहीको गुनासो छ ।
यस्तै आफू दैनिकजसो अटोमा बजार र घर गर्ने क्रममा प्रत्येक अटोमा फरक–फरक भाडा तिर्दै आएको तुलसीपुर–६ निवासी ममता बस्नेतको भनाई छ ।
‘म दैनिकजसो अटोमै बजार आउने जाने गर्छु, एकदिन मैले १० मिनेटको बाटो हिड्दा ५० रुपैयाँ भाडा तिरेकी छु, उनले भनिन् ‘यस्तोे मनपरी त मैले कहिँकतै देखेकी थिईन ?’ बनाइएका नीति नियम पालना भए नभएको निगरानी नहुँदा यसरी हरेक दिन सयौँ नागरिकहरुको सुविधाको नाममा ठगिदै आएको ममता बताउँछिन् ।
‘पानी परेको बेला पानीको बहाना, एक्लै अटोमा बसे त्यसैको बहाना, छिटो लगिदिनु प¥यो त्यही बहाना, कहिले तेलको बहाना, सधैँ बहाना चल्ने गरेका छन् यहाँका अटोहरु एकजना महिला अटो चालकहरुप्रति रुष्ट हुँदै भनिन् ‘अटो चालकको ज्यादती धेरै नै भएको छ ।
नागरिकहरुलाई यिनीहरुले लुट्नसम्म लुटेका छन् ।’ उनीले केही भाडाको विषयमा चालक र आफ्नो पटक–पटक भनाभनसमेत भएको बताईन् ।

सेवाग्राहीहरुलाई सर्वसुलभ तरिकाले यातायात सेवा प्रदान गर्नका लागि सञ्चालनमा आएका अटोहरुमा केही दिन यता मनोमानी भाडा उठाउने प्रवृत्तिमा देखिएका छन् ।

विशेषगरी अटोमा सवार गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई अटो चालकहरुले आफ्नो अनुकूल भाडा लिने गरेको बताउँछन् व्यवसायी लक्ष्मण थारु ।
आफूले व्यवसाय गर्ने स्थल नजिकै अटोहरु रोक्ने र यात्रु चढाएर लैजाने हुँदा अटो चालकले प्रत्येक सेवाग्राहीलाई गर्ने व्यवहार प्रत्यक्षरुपमा नियाल्न पाएको उनले बताए ।
‘प्रायःजसो अटो चालकहरुले भाडा मिलाईदिन्छु भनेर झुक्याउने गर्ने गरेको मैले पाएको छु’ उनले भने ‘बजारसम्म ल्याएपछि हाम्रो भाडा यति हो भन्दै उनीहरुबाट २५ को ५० र ५० को एक सयसम्म लिने गर्दछन् ।
दिनप्रतिदिन विभिन्न बहानामा सेवाग्राहीहरुलाई आफ्नो अनुकूल भाडादर कायम गर्ने अटो चालकहरुलाई सम्वन्धित निकायले अनुगमन गरी कारवाही गर्नुपर्ने उनको माग छ ।
वृद्ध भएकै कारणले कहाँसम्मको भाडा कति हो ? भन्ने थाहा नहुँदा पटक–पटक ठगिदै आएको ६५ वर्षिय वृद्धा देवकला गौतमले बताईन । ‘बजार खासै हिड्दिन कहिले काहिँ आउँछु तर कहिले ५० कहिले ७५ तिर्छु’ उनले भनिन् ‘अलि ४/५ महिना अगाडि ३० रुपैयाँ तिरेकी थिए ।
अहिले भाडा बढेको हो की बढाएका हुन् पत्तो पाईन । खासगरी भाडा दर कहाँका लागि कत्ति छ भन्ने कुराको एकीन हुन नसक्दा अटो चालहरुले सुविधाको नाममा फाईदा लिदै आएको उनीहरुको भनाई छ ।
बजार क्षेत्रभित्र रहेका अटो चालकहरुले तोकिएको रुटमा दूरीका आधारमा भाडा लिन पाउने व्यवस्था गरिएको छ । बजार क्षेत्रभित्रमा २५ रुपैयाँ प्रति व्यक्ति भाडा लिनु पर्ने व्यवस्था गरिएको भएपनि सेवाग्राहीहरुले अटो चालकले तोके अुनसारको भाडा तिर्नुपर्ने अवस्था रहिआएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here