Tuesday, March 26, 2024
Homeफिचरअटोमा अनिवार्य भाडा दर राख्नुपर्ने

अटोमा अनिवार्य भाडा दर राख्नुपर्ने

- Advertisement -spot_img

घोराही, २३ मंसिर । घोराही उपमहानगरपालिकाले अटो रिक्सा सञ्चालनमा कडाई गरेको छ । अटो रिक्साहरूले मनपरी भाडा असुलेको, जहाँतही पार्किङ गर्ने गरेको, रूट परमिट बिनै चलेको,
दर्ता बिनै चलेको लगाएका गुनासो आएपछि उपमहानगरको अटो रिक्सा व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको हो । जस अनुसार २०७५ कार्तिक ११ गतेदेखि लागूभएको भाडा दरलाई तीन दिनभित्र अनिवार्यरूपमा अटो रिक्सामा टाँस्नु पर्ने र सोही अनुसार भाडा लिनु पर्ने निर्णय गरेको छ ।
त्यसैगरी, २०७६ मंसिर २२ गतेसम्म घोराही उपमहानगरभित्र रोड परमिट लिएका अटो रिक्सालाई उपमहानगरमा १५ दिनभित्र दर्ता गर्नुपर्ने समेत निर्णय भएको छ ।
अटो रिक्सा व्यवस्थापन समितिका संयोजक एवं नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अटो रिक्सा दर्ता गर्दा अनिवार्य प्रालिमा दर्ता भएर आउनुपर्ने, नगर क्षेत्रमा सञ्चालन गर्न अनिवार्य रूट परमिट लिएको हुनुपर्ने र अन्य क्षेत्रका लागि रूट परमिट लिएकालाई पूर्णरूपमा नगर क्षेत्रमा रोक लगाउने निर्णय गरेको छ ।
साथै तोकिएको भन्दा बढी भाडा असुल गरे पहिलो पटकलाई एक सय रूपैयाँ र पार्किङ स्थलभन्दा अन्यत्र पार्किङ गरे एक सय रूपैयाँ जरिवाना गर्ने निर्णय भएको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here