- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरअटोभिलेज परिसरमा वृक्षारोपण

अटोभिलेज परिसरमा वृक्षारोपण

- Advertisement -spot_img

तुलसीपुर, ७ साउन । तुलसीपुरको अटोभेलेज परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ । अटोभिलेजको परिसरलाई सुन्दरता ल्याउन र वातावरणीय संरक्षणका लागि करिब डेढ सय वृक्षारोपण गरिएको टोपबहादुर महतराले जानकारी दिए ।
मंगलबार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, वातावरण संयोजक नवराज लामिछाने, भूपू सेनाका कुसलबहादुर आले, वृद्ध सेवा समितिका खुमानन्द अधिकारी, नेपाल अटो महासंघका यमप्रसाद भुसाल लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
अटोभिलेजका व्यवसायीले पायक पर्ने ठाउँमा र खोला किनारमा वृक्षारोपण गरिएको हो । क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरको अभियान अन्तर्गत मंगलबार अटोभिलेजमा वृक्षारोपण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको पहलमा डिभिजन वन कार्यालयबाट ल्याएका करिब डेढसय विरुवा रोपिएको हो । चिउरीको बोट, समि, असोक विरुवा, निम, धुपि सल्लोलगायतका विरुवा रोपिएको छ । मंगलबार रोपिएका विरुवा सम्बन्धित व्यवसायीले संरक्षण गर्नेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here