अझै सुध्रिएन मासु मार्केट

फिचर मुख्य खबर समाज

कुकुरदेखि सुंगुरसम्मको रजाइ

तुलसीपुर, १४ मंसिर । मुल सडकसम्मै पूरै गन्ध  । केही मिटरभित्र रहेको बधशालामा रांगा, सुंगुर, कुकुर, भैसीसँगै एकै स्थानमा छन् । बिहान बध भएका पशुको गोबर बधशाला क्षेत्र र मासु पसलसम्म छरिएको छ । मासुहरु जथाभावी राखिएको छ । केही भुइँमा, केही खिया लागेको फलामले झुण्डाइएको अवस्थामा छ । मासुमा झिंगा, माखा, र किराहरु धुमिरहेका छन् । मासु काट्ने हतियारमा पनि खिया–खिया छ । मासु किन्न गएका उपभोक्ताहरु पनि नाक थुनेर मासु किनिरहेका छन् । कुकुरले समेत बध स्थलमा मासु लुछिरहेको छ ।
दाङको तुलसीपुरका रहेको मासु मार्केट अझै सुध्रन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखा र उपमहानगरको उपभोक्ता हित समितिले पटक–पटक अनुगमन गरेर दिएको निर्देशनसमेत मासु ब्यवसायीहरुले बेवास्ता गर्दे गएको पाइएको छ । बिहीबार भएको अनुगमनमा दुई महिना अघि दिएको अनुगमनको समयको निर्देशन नमानेर बजारलाई अस्तब्यस्त पारेका छन् । धेरै पटक अनुगमन गरिएको र नियम पालनमा गर्न दिएका निर्देशनसमेत ब्यवसायीबाट उल्लंघन भएको अनुगमन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरका शाखा अधिकृत नारायणप्रसाद रेग्मीले बताए ।
तुलसीपुर रांगा, बंगुर, खसीबाख्राको बधशाला र बिक्री पसलमा अस्तब्यस्त देखिएको हो । सरकारी मापदण्डलाई चुनौती दिदै यहाँका व्यवसायीहरुले मासु मार्केट सञ्चालन गरिरहेको अनुगमनमा देखिएको छ रेग्मीले भने अर्काे पटकको अनुगमसमम पनि सुधार नआए कडा निर्णयमा पुग्छौ । पशु सेवा कार्यालय दाङले अनुगमनका क्रममा खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने, मासुबाट निस्केको फोहरलाई ब्यवस्थापन नगरी नजिकै राख्ने, स्वास्थ्य परिक्षण नगरेर बध गर्ने, मासु ढाकछोप नगरी राख्ने, मुल्यसूचि नराखेको, खुला ठाउँमा मासु पसल सञ्चालन गरेको, स्थानीय तहमा ब्यवसाय तर्दा नगरेको भेटिएको थियो ।
व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा चरम लापरवाही गर्ने गरी मासु बेचबिखन गरिरहेको पाइएको छ । तुलसीपुरको मासु मार्केटका केही ब्यवसायी सरकारी मापदण्डभन्दा बाहिर गएर सञ्चालन भएको पशु कार्यालयले जनाएको छ । अनुगमनमा व्यवसायीहरुले न्यूनतम मापदण्ड पूरा नगरेको, मासु बिक्री वितरण गर्दा मासु किन्न आउने उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी बेचबिखन भइरहेको पाइएको पशु शाखाका प्रमुख सुदाम भट्टले जानकारी दिए । ‘यत्रतत्र फोहरै फोहर छ, मासुलाई ढाकछोप नगरेर खुल्ला रुपमा फलामको हुकमा झुण्ड्याएर राखिएको छ । त्यही बिक्रि गरिएको छ’– रेग्मीले भने, यो कार्य मापदण्ड विपरीत हो, उपभोक्ताको लागि पनि हित कर छैन । यसरी मासु बेचविखन गर्न पाइदैन ।’ स्वस्थ मासु बिक्री वितरणका लागि फोहर र झिंगाबाट बचाउन जाली, डि–फ्रिजको प्रयोग, सरसफाई र मासु परिक्षण मुख्य रहेको भट्टले बताए । व्यवसायीहरु नै यसमा बढी जिम्मेवार हुनुपर्ने बताए । तुलसीपुरमा दैनिक रांगाको मासु ७ क्विन्टल, खसी र बाख्राको मासु ५ सय केजी, कुखुरा ९ सय केजी मासु खपत हुने गरेको छ । ब्यवसायीहरुले भने सुधार गर्ने प्रतिवद्धता अनुगमन समिति सामु गरेका थिए । उनीहरुले नगरले बनाएको नियमन कार्यान्वयन नभएको भन्दै बजार क्षेत्रमा भएका मासु पसल बन्द गरिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *