अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सकेनः डा. भट्टराई्

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, १३ मंसिर । समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लव दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलहरूको भागबण्डामा बनेको आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताए ।
‘भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका कमजोर देखिएको छ’ उनले भने– ‘अख्तियारले साना माछालाई समाते पनि ठूला माछालाई समात्न सकेको छैन् ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराइले सरकार भ्रष्टाचारको भूमरीमा रहेको आरोप लगाए ।
‘सरकार आफै भ्रष्टाचारको भूमरीमा छ, सरकारबाट समृद्धिको आशा नगरे हुन्छ’ उनले भने– ‘जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ, त्यसले प्रधानमन्त्री लगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस् ।’
उनले देश गरिबी र बेरोजगारको दुश्चक्रमा रहेको बताउँदै दुईतिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको बताए । ‘देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको सरकारले व्यवहारिक कार्यान्वयन गर्न सकेको छैन्’ उनले भने– ‘देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन सकेको पनि छैन, योजनाका साथ काम गरेको पनि पाइदैन् ।’
उनले जनताले अहिले पनि आधारभूत आवश्यकता पूरा गर्न नसकेको बताए । ‘दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिने गरी न त रोजगार सिर्जना गर्न सक्यो, न त लगानी प्रवद्र्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो, न त देखिने गरी आर्थिक परिवर्तन गर्न सक्यो’ उनले भने– ‘निर्माण र व्यापारका केही क्षेत्रमा ६÷७ प्रतिशत आर्थिक बृद्धिदरका आधारमा दिगो विकास हुँदैन ।’
उनले आफ्नो पार्टी नयाँ बैकल्पीक शक्तिका रूपमा उदयमान हँुदै गरेको बताउँदै समुन्नत संघीय समाजवादसँग विचार मिल्ने पार्टी र समूहसँग एकता गरेर बृहत् ध्रुवीकरण गर्ने गर्ने बताए । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *